प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि « Khabarhub

प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको ३० वर्षे सेवाअवधि हटाउने भएको छ । संघीय प्रहरी ऐनमार्फत् सेवाअवधिको व्यवस्था हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न गृह मन्त्रालयले तयारी थालेको छ ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलकै सक्रियतामा यस्तो व्यवस्था हुन लागेको हो । ऐनको मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ ।

अर्थबाट ऐन मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हदमात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो । मस्यौदामा प्रहरी प्रमुखको पदावधि हाल कायम रहेको चार वर्षबाट घटाएर तीन वर्ष कायम गरिएको छ ।

प्रहरी संगठन संघीयताअनुकूल बनाउँदा प्रदेश प्रहरी र संघीय प्रहरी गरी दुई संरचना हुने भएकाले ३० वर्षे सेवाहद हटाउँदा प्रहरी अधिकारीको वृत्ति विकासमा असर नपर्ने गृहका अधिकारीहरुको बुझाइ छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०४ बजे

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका

आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

खोटाङ – नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको

सेवामा कुनै विभेद नगर्न मातहतका निकायलाई निर्देशन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट