चिसोले कठ्याङ्ग्रिएर एक युवकको मृत्यु « Khabarhub

चिसोले कठ्याङ्ग्रिएर एक युवकको मृत्यु


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला । केही दिन यता जुम्लामा बढेको अत्याधिक जाडोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चिसोले कठ्याङ्ग्रिएर जुम्लाको सिँजा गाउँपालिका–६ जोडूका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको छ ।

उनको पठमाराबाट जोडू जाने क्रममा नाकुल्लीमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जोडू माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले जानकारी दिए ।

पठमाराबाट राडीपाखी खरिद गरी जोडू गाउँ जान हिँडेका बुढा नाकुल्लीमा हिमपातमा परेका थिए । बाक्लो हिउँ परेका कारण उनको शव घर लैजान नसकिएको र घटना स्थलमै दाह संस्कार गरिएको बुढाले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको