चिसोले कठ्याङ्ग्रिएर एक युवकको मृत्यु « Khabarhub

चिसोले कठ्याङ्ग्रिएर एक युवकको मृत्यु


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला । केही दिन यता जुम्लामा बढेको अत्याधिक जाडोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चिसोले कठ्याङ्ग्रिएर जुम्लाको सिँजा गाउँपालिका–६ जोडूका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको छ ।

उनको पठमाराबाट जोडू जाने क्रममा नाकुल्लीमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जोडू माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले जानकारी दिए ।

पठमाराबाट राडीपाखी खरिद गरी जोडू गाउँ जान हिँडेका बुढा नाकुल्लीमा हिमपातमा परेका थिए । बाक्लो हिउँ परेका कारण उनको शव घर लैजान नसकिएको र घटना स्थलमै दाह संस्कार गरिएको बुढाले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : २० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६