चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा | Khabarhub Khabarhub

चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनलाई ३–० ले हराउँदै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ ।

यूएईको आबुधावीमा रहेको मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानका लागि मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक एक गोल गरे । तारेमीले १८औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा अज्मउनले गोल गरेपछि इरानले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा अन्सारिफार्दले गोल गरेपछि इरान सहजरुपमा सेमिफाइनलमा पुगेको हो । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान सेमिफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ३८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको