संसद बैठक: सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको सम्भावना « Khabarhub

संसद बैठक: सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको सम्भावना


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी तीव्र पारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको चर्को विरोध जनाउँदै आएको छ । पछिल्लो पाँच बैठकमा संसद अवरुद्ध पारेको कांग्रेसले आजको बैठकमा झन चर्को दबबा सिर्जना गर्ने भएको छ । सत्तापक्षले विधेयक जसरी पनि पारित गर्ने भएपछि प्रतिपक्ष पनि जोडबलका साथ प्रतिकारमा उत्रिने तयारीमा रहेको छ ।

आजको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथिको कारबाही प्रक्रिया अघि बढाउने कार्यतालिका छ । सरकारको तर्फबाट शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा प्रस्तुत गर्नुभएको चिकित्सा शिक्षा विधेयकमाथि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा छलफल हुने कार्यतालिका थियो ।

तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको निर्णयविपरीत केही वाक्य नै हटाएर विधेयक ल्याएको भन्दै नाराबाजी गरेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगन भएको थियो ।

आजको बैठकमा पनि सोही विधेयक प्रस्तुत हुने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । तर, नेपाली कांग्रेसले भने बुधबारको बैठकमा झैं सरकारले विधेयकमाथि संसदीय प्रक्रिया अघि बढाए निषेधित क्षेत्र तोडेर आन्दोलन गर्ने जनाएको छ ।

सरकारले विधेयकका केही बुँदा हटाएर नेकपाको पक्षमा ल्याएको आरोप कांग्रेसले लगाउँदै आएको छ । यता सत्ता पक्षका सांसदले जसरी भएपनि विधेयक पास गराउने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  १० : १७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी