सञ्चालनमा आयो अरुणखोला पुल « Khabarhub

सञ्चालनमा आयो अरुणखोला पुल


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिएपछि १० दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियो।

गत साउन २९ गते बिहान पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको र सो भाँचिएको पुल शुक्रबार साँझ मर्मत सकिए पछि शनिबारदेखि पुल माथि बाटै यातायात संचालन भएको पूर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कार्कीले अस्थायी डाईभर्सन पाँच पटक बनाएर यातायात संचालन गरिएको र पुल मर्मत गरि यातायात संचालन गरिएको बताए ।

सो पुल जिल्लाकै राजमार्गकै सबै भन्दा लामो पुल हो जसको लम्बाई तीन सय मीटर भन्दा बढि छ । पुलको पुर्ब दक्षिण को भाग १० मिटर लम्बाई र १.५ मिटर तल (गहिराई) मा भासिन जादा ठूला र साना गाडी बन्द गरि सडक डिभिजन कार्यालय बुटवलले मर्मत थालेको थियो ।

पुल भाँचिए पछि पूर्ब–पश्चिम राजमार्गमा यातायात अस्तब्यस्त रह्यो भने पटक पटक बनाइएको डाईभर्सन समेत खोलामा बाढी आएर बगाउन थाले पछि यहाँ यात्रा गर्ने यात्रुले ठूलो सास्ती खेप्नु परेको स्थानीय लालकुमार भट्टराईले बताए ।

पूर्बी नवलपरासीमा रहेका आठ वटा यस्ता पुल पुरै जोखिममा छन् । समयमा मर्मत नहुँदा यहाँका दुम्कीबासदेखि गैंडाकोटको बेल्डिहासम्मका आठ वटा पुल जोखिमपूर्ण अबस्थामा रहेका बताईएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ०५ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज