सञ्चालनमा आयो अरुणखोला पुल « Khabarhub

सञ्चालनमा आयो अरुणखोला पुल


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिएपछि १० दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियो।

गत साउन २९ गते बिहान पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको र सो भाँचिएको पुल शुक्रबार साँझ मर्मत सकिए पछि शनिबारदेखि पुल माथि बाटै यातायात संचालन भएको पूर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कार्कीले अस्थायी डाईभर्सन पाँच पटक बनाएर यातायात संचालन गरिएको र पुल मर्मत गरि यातायात संचालन गरिएको बताए ।

सो पुल जिल्लाकै राजमार्गकै सबै भन्दा लामो पुल हो जसको लम्बाई तीन सय मीटर भन्दा बढि छ । पुलको पुर्ब दक्षिण को भाग १० मिटर लम्बाई र १.५ मिटर तल (गहिराई) मा भासिन जादा ठूला र साना गाडी बन्द गरि सडक डिभिजन कार्यालय बुटवलले मर्मत थालेको थियो ।

पुल भाँचिए पछि पूर्ब–पश्चिम राजमार्गमा यातायात अस्तब्यस्त रह्यो भने पटक पटक बनाइएको डाईभर्सन समेत खोलामा बाढी आएर बगाउन थाले पछि यहाँ यात्रा गर्ने यात्रुले ठूलो सास्ती खेप्नु परेको स्थानीय लालकुमार भट्टराईले बताए ।

पूर्बी नवलपरासीमा रहेका आठ वटा यस्ता पुल पुरै जोखिममा छन् । समयमा मर्मत नहुँदा यहाँका दुम्कीबासदेखि गैंडाकोटको बेल्डिहासम्मका आठ वटा पुल जोखिमपूर्ण अबस्थामा रहेका बताईएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ०५ बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री