नराम्रो सपनाको कारण यस्तो हुन सक्छ | Khabarhub Khabarhub

नराम्रो सपनाको कारण यस्तो हुन सक्छ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरू सपना देख्छन्, कहिले राम्रो त कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस असिन–पसिन भएर ब्युँझन्छन् । तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ । गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए ।

६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो । अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् । बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ ।

उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ । मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ । यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ ।’ क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने । यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । स्वास्थ्य खबरपत्रिका नियमित नराम्रा सपना मुटुको समस्यासंग पनि गाँसिएको हुन्छ ।

अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ । मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ । गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ । यहीकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ ।

र मानिसले खराब सपना सम्झन्छ । यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ । माइग्रेनले पनि नराम्रा सपना देखाउछ । धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ०८ बजे

सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च

भैरहवा– चालु आर्थिक वर्षको सात महिनामा लुम्बिनी प्रदेशमा कुल विनियोजित

‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे नायक उत्तम

काठमाडौं – फिल्म ‘कल्ली’को छायाङ्कनमा लागि नायक उत्तम प्रधान काठमाडौं

लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक

कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको

रिङ्कु सदा मृत्यु प्रकरण : जबरजस्ती करणीसहित चार मुद्दामा अनुसन्धान हुँदै

सिरहा– सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको