शालिकरामले गर्लफ्रेण्ड भेट्न छुट्टै भाडामा कोठा लिएको रहस्य खुल्यो « Khabarhub

शालिकरामले गर्लफ्रेण्ड भेट्न छुट्टै भाडामा कोठा लिएको रहस्य खुल्यो


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको रहस्य बाहिरिएको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, शेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बराम गरेको वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए।

प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो यस विषयमा केही खुलाएको छैन । घरबेटी गोमा न्यौपानेले पुडासैनी कोठामा केटी लिएर आउने गरेको बताएकी छिन् ।

पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए। ‘शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,’ नौपानेले शनिबार नागरिकसँग भनिन्, ‘केटी को हो भन्ने थाहा भएन।’ पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ। कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन्।

पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए। पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए। कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन्। ‘कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,’ न्यौपानेले भनिन्, ‘को हो, सोधिएन।’ कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन्। पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ। उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए। गलफ्रेन्ड भेट्न भाडामा कोठा लिएको विषय प्रहरीले बाहिर ल्याएको छैन।

पुडासैनीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगा घर भई काठमाडौंमा बस्ने अस्मिता कार्कीका कारण आफू आ त्मह त्या गर्न बाध्य भएको आरोप लगाउँदै गरेको भिडियो रेकर्ड उनको मृ त्युपछि सार्वजनिक भएको थियो। लामिछाने, कँडेल र कार्की अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन्। मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ परिच्छेद १२ अनुसार आ त्मह त्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पत्रकार पुडासैनीको मृ त्यु, लामिछाने र कँडेल प क्राउ परेको विषयलाई लिएर अहिले सडकदेखि सदनसम्म बहस भइरहेको छ। लामिछानेका समर्थकले उनलाई फसाउन लागेको भनेर सडक आन्दोलनमा छन्। उता प्रहरी हिरासतमा रहेका लामिछानेले आफू असुरक्षित रहेको पत्रकार टेकनारायण भट्टराईसँगको भेटमा बताएको अडियो रेकर्ड सार्वजनिक भएको छ। प्रहरीले पुडासैनी र अस्मिताबीच भएका फेसबुक तथा एसएमएस संवाद पनि अध्ययन गरिरहेको छ।

घ टनाको अनुसन्धान भइरहेको बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि चितवन पुगेर भेटघाट गरेका छन्। लामिछानेले आफू असुरक्षित भएको बताएको सार्वजनिक भएपछि खनालले भेटेका हुन्। आजको नागरिक दैनिकबाट

 

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ०५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक