रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै « Khabarhub

रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश गर्न लागिएको हो ।

अदालतले दिएको ५ दिनको समय हिजो (शनिबार) नै पूरा भएपनि सार्वजनिक भएकाले आज अदालत पेश गर्न लागेको हो । आज प्ररहरीले रविसहितका तीन जनालाई अदालत पेश गर्नेछ ।

न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेपछि प्ररहीले थप अनुसन्धानको लागि भन्दै अदालतमा १० दिनको समय मागेको थियो । तर अदालते पाँच दिनको समय उपलव्ध गरायो ।

पाँच दिनको समयभित्र वयान नसकिएको र रिपोर्टहरु नआएको भन्दै प्रहरीले पुन म्याद थपको लागि भन्दै गत मंगलबार रविलाई फेरि अदालतमा पेश गरेको थियो । अदालतले पुन पाँच दिनको समय उपलव्ध गराएको थियो ।

यसअनुसार रविको पाँच दिन शनिबार पूरा भएको छ । सार्वजनिक विदा परेका कारण अदालतले दिएको समय भन्दा पनि एक दिन बढी समय रविले प्रहरी हिरासतमा बस्नु परेको छ ।

फेरि म्याद थपिने शंका

अदालतले दोस्रो पटक म्याद थपेपछि जारी भएको एक अडियोमा रविले आफूलाई पुनः म्याद थप गर्ने आशंका व्यक्त गरेका छन् ।

पत्रकार टेकनारायण भट्टराईले हिरासतमा रहेका रविसँग गरेको कुराकानी अडियो सार्वजनिक भएको थियो । जसमा रविले आफूलाई विभिन्न वाहनामा पुन म्याद थप्ने योजना रहेको आशंका व्यक्त गरेका थिए ।

‘इमेल गरेर उपलव्ध हुने कल डिटेल रिपोर्ट आएन रे !’ रविले अडियोमा भनेका छन्,‘ यस्ता वाहनामा पुन म्याद थपको तयारी भएको छ ।’

प्रहरीको उच्च सुरक्षा श्रोतको दावी अनुसार रवि माथिको थप अनुसन्धान पूरा नभएका कारण अदालतसमक्ष कम्तिमा पाँच दिन समय माग्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : २१ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली