अभद्र व्यवहार गरेपछि एनआरएनए अध्यक्ष भवन भट्टलाई विमानबाट निकालियो | Khabarhub Khabarhub

अभद्र व्यवहार गरेपछि एनआरएनए अध्यक्ष भवन भट्टलाई विमानबाट निकालियो


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ।

उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ।

उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेका थिए। एनआरएन अध्यक्ष भट्टले यसअगाडि पनि पटकपटक विमानमा रक्सी पिएर होहल्ला गर्ने खुलेको छ। करिब ३-४ महिना अगाडि पनि नेपाल एयरलाइन्सको विमान चढेर रक्सी पिएर होहल्ला गर्दै आफूले टिकट नेपाल एयर लाइन्सको काटेको भएपनि ड्रयागनमा उड्ने भन्दै होहल्ला र विवाद गरेका थिए। पछि उनलाई सम्झाइबुझाइ नेपाल एयरलाइन्समा नै हङकंग उड्न दिइएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : ४९ बजे

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि