रवि लामिछानेलाई भेटेपछि गिरीले भने – उहाँ सुरक्षित हुनुहुन्छ « Khabarhub

रवि लामिछानेलाई भेटेपछि गिरीले भने – उहाँ सुरक्षित हुनुहुन्छ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनको कंगारु होटलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको आत्महत्या गर्न निरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी पत्रकार रवि लामिछानेलाई अभिनेता दीपकराज गिरी लगायतको कलाकारको टोलीले भेट गरेको छ ।

शनिबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरेर रविको समर्थन गरेका गिरीले चितवन पुगेर लामिछानेलाई भेट गरेका छन् । साथै उनले यो कानून अव्यवहारिक भएको भन्दै सम्बन्धित निकायलाई संशोधन गर्ने विषयमा छलफल गरेको पनि बताएका छन् ।

दीपकराज गिरीको फेसबूकबाट

‘हामीले भर्खरै रविजीसँग भेटघाट ग–यौँ, हामीले आत्महत्यासँग सम्बन्धित विद्यमान अव्यवहारिक कानूको पनि संशोधन हुनुपर्ने कुरा पनि ग–यौँ,’ गिरीले भने, ‘उहाँ सुरक्षित हुनुहुन्छ, समर्थकहरुलाई धन्यवाद दिँदै संयमित रहन समेत आग्रह गर्नुभयो ।’

उनले नेपालको न्यायालय प्रणालीप्रति विश्वास गर्दै अब आज छुट्ने आशा पनि व्यक्त गरेका छन् । उनले कामना गरेका छन्, रविजीलाई स्वागत गर्न पाइयोस् भनेर कामना गरौँ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ३८ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर