भीआरले मानेन रोनाल्डोको गोल, युभेन्टस विजयी « Khabarhub

भीआरले मानेन रोनाल्डोको गोल, युभेन्टस विजयी


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोल अफसाइड दिँदा पनि इटालीयन जाइन्ट युभेन्ट्सले जीत हात पारेको छ ।

इटालीयन लिग सिरी ए को आफ्नो पहिलो खेलमा युभेन्ट्सले परमालाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।

युभेन्ट्सका लागि कप्तान जर्जीया चिइलीइनीले खेलको २१ औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए ।

त्यसपछि स्टार खेलाडी रोनाल्डोले गोल गरेपनि असिस्टेन्ट रेफ्रि (भिएआर) ले उनको गोललाई अफसाइड संकेत गरेपछि युभेन्ट्सले दोस्रो गोल गर्न सकेन ।

युभेन्ट्सले सिरी ए को पहिलो खेलमा परमासँग खेलिरहँदा मुख्य प्रशिक्षक माउरिझियो सारी भने टिममा उपस्थित थिएनन् । उनी निमोनिया भएपछि टिमबाट केही समयका लागि बाहिर बसेका छन् ।

त्यस्तै, उनले नेपोलीविरुद्धको अर्को खेल पनि गुमाउने बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : ४७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी