रविलाई भेट्न गएकी दिपाश्री किन रुदैं निस्किइन् ? « Khabarhub

रविलाई भेट्न गएकी दिपाश्री किन रुदैं निस्किइन् ?


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिवतन– टेलिभिजन पत्रकार रवि लामिछानेलाई चितवन प्रहरीले आज अदालतमा पेश गर्दै छ ।

शालिकराम पुडासैनी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलगायतका तीन जनामाथि अनुसन्धान गर्न भन्दै जिल्ला अदालत चितवनले दिएको समय हिजो सकिएको थियो । तर हिजो शनिवार भएका कारण रविसहितका तीनै जनालाई आज प्रहरीले अदालतमा पेश गर्न लागेको हो ।

यसैबीच, रवि लामिछानेलाई भेट्न कलाकारहरुको टोली चितवन पुगेको छ ।

कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे(माग्ने बुढा) चितवन पुगको हुन् ।

रविलाई भेटेर निस्कने क्रममा उनीहरुले सत्यको जीत हुने भन्दै आज रवि बाहिरिने विश्वास व्यक्त गरे ।
रविलाई भेटेर बाहिर निस्कदा कलाकार दिपाश्री निरौला आँशु पुछ्दै निस्किएकी थिइन् ।

पत्रकारले किन रुनुभयो भन्ने प्रश्नमा उनले भने,‘रविजी विना दोष पर्नुभयो त्यही भएर हो, त्यसमा पनि भेट्दा उहाँ बोल्न सक्नु भएन त्यही भएर भावुक बने ।’

उनले रवि हिरासतमा रहँदा पनि कन्फिडेन्ट रहेको बताइन् । ‘आज रवि वार हो, आज रविको जीत हुन्छ । जो मान्छे आरोपी छ त्यसलाई ग्लानी हुनुपर्ने हो त्यो छैन’ उनले भनिन्,‘ आजको सुनुवाइले नेपालमा नेपाली जनाता नेपालमा बस्न चाहन्छन् । धेरै नेपाली जनताले सुखुको साथ लिन्छन् ।’

दिपकराज गिरी

त्यस्तै कलाकार दिपकराज गिरीले भीडले न्याय गर्ने होइन भन्ने जमातविरुद्ध आक्रोश पोखे ।

ठूला ठूला क्रान्ति र परिवर्तन भीडले नै गरेको हो भन्दै गिरीले भने,‘जो मान्छेलाई लाग्छ गलत भइरहेको छ भन्ने लाग्छ त्यसपछि मानिसहरु सडकमा उत्रिन्छन् । रविको पक्षमा आएका मान्छे पैसा दिएर गाडीम वा ट्रकमा हालेर ल्याएको मान्छे होइन । ’

रविले जनताको आवाज उठाउने मानिस हो । हामी कानूनमाथि दवाद दिन आएको होइन । सबै भन्दा ठूलो कुरा कानूनमा नै त्रुटी छ ।
आत्महत्या आफैंमा आपराध भएको भन्दै उनले शालिकरामको परिवार प्रति पनि सहानुभूती रहेको बताए ।

‘जनता भेडा होइन, परिवर्तनकारी शक्ति हो । जब लाग्छन् भेडा जसरी लाग्छन् । हामीले पार्टीको अन्न खाएका छैनौं त्यसैले लाग्छौं’ उनले भने ।

दुखि पीडित जनताले कानुन, राज्यले नहेरे पनि रविले हेर्छ भन्ने आड दिएको छ भन्दै गिरीले कुनै पनि नेतामा जनताले ठूलो आश गरेको बताउँदै रविसँग पनि जनताले त्यस्तै अपेक्षा गरेको बताए ।

माग्ने बुढाले त्यसमा सही थपे । रविको अपुग भएको त्यही थियो त्यो नि पुरा भयो उनले भने ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ११ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर