रविलाई अदालत लगियो, सुरक्षा व्यवस्था कडा « Khabarhub

रविलाई अदालत लगियो, सुरक्षा व्यवस्था कडा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनी प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनालाई अदालत लगिएको छ ।

मंगलबार दोस्रोपटक पाँच दिनका लागि जिल्ला अदालत चितवनले थप गरेको समय हिजो(शनिवार) सकिएपछि रविसहितका तीन जनालाई आज(आइतवार) कार्यालय खुलेपछि अदालत लगिएको हो ।

उनीहरुलाई अदालत लगिएसँगै अदालत बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रविका समर्थकको अदालत बाहिर बाक्लो उपस्थिति रहेको छ ।

लामिछाने पत्नी निकिता विहान जिल्ला प्रहरी कार्यालयबाट बाहिरिँदै रविलाई अदालत लगिएको जानकारी गराएकी हुन् ।

रविलाई अदालत लानुपूर्व कलाकारहरुको टोलीले उनीसँग भेट गरेका थिए ।

कलाकार दिपाश्री निरौलाले आज रविवार(आइवतार) भएको भन्दै रवि रिहा हुने विश्वा व्यक्त गरेकी थिइन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको एक भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका थिए । उक्त भिडियो सार्वजनिक भएसँगै प्रहरीले रवि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीलाई अनुसन्धानको लागि भन्दै पक्राउ गरि चितवन लगेको थियो ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक लामिछाने पक्राउ परेपछि उनका समर्थकले त्यसको विरोधमा प्रदर्शन गर्दै आएका छन् । चितवन, काठमाडौंसहित देशका विभिन्न स्थानमा उनीहरुले रविको विनाशर्त रिहाइको माग गर्र्दै आएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ३४ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही