युनाइटेडलाई क्रिष्टल प्यालेसको धक्का « Khabarhub

युनाइटेडलाई क्रिष्टल प्यालेसको धक्का


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग २–१ गोल अन्तरले पराजित भएको हो ।

युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन जोर्डन आयु र प्याट्रिक भ्यान एन्होल्टले एक एक गोल गरे । युनाईटेडका ड्यानिल जेम्सले एक गोल फर्काए ।

घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि युनाईटेड पहिलो हाफमै एक गोलले पछि परेको थियो । खेलको ३२ औं मिनेटमा जोर्डनको गोलबाट क्रिस्टलले अग्रता बनाएको थियो । दोस्रो हाफमा ७० औं मिनेटमा युनाईटेडले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । तर, मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा फर्काए । तर, खेलको इन्जुरी समयमा प्याट्रिकले गोल गर्दै क्रिस्टललाई २–१ को जित दिलाए । पराजित युनाइटेडको ३ खेलबाट ४ अंकमात्रै रहेको छ भने क्रिष्टल प्यालेसको पनि ४ अंक नै रहेपनि गोल डिफिरेन्सका आधारमा १० औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ४० बजे

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका