महानगरभित्र फोहोर संकलन गर्ने नयाँ योजना « Khabarhub

महानगरभित्र फोहोर संकलन गर्ने नयाँ योजना


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं महानगरपालिकाले ३ वटा वडाहरुमा आजबाट फोहोर व्यवस्थापनका लागि नयाँ योजना शुरु भएको छ ।

महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले यो योजनाको सुरुवात गरेको हो । उपत्यकामा उत्सर्जन हुने फोहोरमैला जथाभावी सडकमा आउने गरेकाले त्यसलाई हटाउनका लागि यो योजना ल्याएको विभागले जनाएको छ।

महानगरले यसअघि फोहोर कुहिने र नकुहिने फोहोर संकलन गर्ने र ल्याण्डफिल साइट लैजाने गरेको थियो । विभागका अनुसार अब घरमै कुहिने र नकुहिने फोहोर संकलन गर्नुपर्नेछ ।

पहिलो चरणमा महानगरका १२, १८ र २१ वडामा हाउस होल्ड फोहोर संकलन प्रणाली लागु गरिएको र अन्य वडामा पनि सविस्तार गर्ने योजना रहेको विभागका प्रमुख हरिकुमार श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘हप्तामा चार दिन कुहिने फोहोर संकलन गरिन्छ’ उनले भने ‘अन्य दुइ दिन नकुहिने फोहोर संकलन गरिन्छ’ ।

कुहिने फोहोर संकलन हुने बारहरु :

आइतवार, मंगलवार, बिहीवार र शनिवार ।

नकुहिने फोहोर संकलन हुने बारहरु :

सोमवार, शुक्रवार र बुधवार ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ३२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग