विमानभित्र ‘चोरी गर्ने’ २ चिनियाँ नागरिक काठमाडौंमा पक्राउ « Khabarhub

विमानभित्र ‘चोरी गर्ने’ २ चिनियाँ नागरिक काठमाडौंमा पक्राउ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

शनिबार टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ जना चिनियाँ नागरिकहरु काठमाडौंमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चिनियाँ राहदानी इजी–६८४२७२२ वाहक मा चिउवेइ र इजी–५७४२५२३ वाहक हु सिङचोङ छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्ककी नागरिकले आफ्नो साथमा रहेको नगद र गहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

ती महिलाको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उक्त गहना र नगद चिनियाँ नागरिकले चोरी गरेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकहरुको साथबाट २ थान सुनको बाला र विभिन्न देशका मुद्रा फेला पारेको जनाएको छ ।

पक्राउ परेका २ चिनियाँमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी बृत्त गौशाला बुझाइएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ५३ बजे

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२