सांसदको प्रश्न– रवि प्रकरणमा अवाञ्छित गतिविधि भयो, नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ? « Khabarhub

सांसदको प्रश्न– रवि प्रकरणमा अवाञ्छित गतिविधि भयो, नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ?


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद बलराम सापकोटाले कानूनको राज्य र विधिको शासनलाई चुनौती दिन मिल्छ भन्दै प्रश्न गरेका छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा केही दिनयता भइरहेको प्रदर्शनलाई लक्षित गर्दै उनले कानूनी राज्यलाई भीडतन्त्रले चुनौती दिएको बताए ।

‘कानुनको राज्य, विधानको शासनलाई कसैले चुनौती दिन मिल्छ कि मिल्दैन ? लोकतन्त्र भनेको भीडतन्त्र हो ?’ सांसद सापकोटाले प्रश्न गरे ।

केहि दिनयता लामिछाने प्रकरणसँग जोडिएर सामाजिक सञ्जाल लगायतमा अवाञ्छित गतिविधि भइरहेको भन्दै सापकोटाले त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ? भन्दै प्रश्न गरे ।

उनले यसबारेमा सरकारको धारणा संसदले जानकारी पाउनुपर्ने बताए ।

सार्वभौम सत्ताले कानून बनाएको भन्दै उनले त्यसलाई कार्यान्वयन गराउन सरकार किन पछि परिरहेको छ भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  २ : ५५ बजे

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल