सांसदको प्रश्न– रवि प्रकरणमा अवाञ्छित गतिविधि भयो, नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ? « Khabarhub

सांसदको प्रश्न– रवि प्रकरणमा अवाञ्छित गतिविधि भयो, नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ?


८ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद बलराम सापकोटाले कानूनको राज्य र विधिको शासनलाई चुनौती दिन मिल्छ भन्दै प्रश्न गरेका छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा केही दिनयता भइरहेको प्रदर्शनलाई लक्षित गर्दै उनले कानूनी राज्यलाई भीडतन्त्रले चुनौती दिएको बताए ।

‘कानुनको राज्य, विधानको शासनलाई कसैले चुनौती दिन मिल्छ कि मिल्दैन ? लोकतन्त्र भनेको भीडतन्त्र हो ?’ सांसद सापकोटाले प्रश्न गरे ।

केहि दिनयता लामिछाने प्रकरणसँग जोडिएर सामाजिक सञ्जाल लगायतमा अवाञ्छित गतिविधि भइरहेको भन्दै सापकोटाले त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ? भन्दै प्रश्न गरे ।

उनले यसबारेमा सरकारको धारणा संसदले जानकारी पाउनुपर्ने बताए ।

सार्वभौम सत्ताले कानून बनाएको भन्दै उनले त्यसलाई कार्यान्वयन गराउन सरकार किन पछि परिरहेको छ भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : ८ भदौ २०७६, आइतबार  २ : ५५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको