चितवन– प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका समर्थकहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
लामिछानेका समर्थकहरुले जिल्ला प्रहरी कार्यालयमा आइतबार साँझ ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि भएको झडपमा डिएसपीसहित चार प्रहरी घाइते भएका छन् । प्रहरीले दशजना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।
थुनामा रहेका लामिछानेसहितका तीनै जनालाई आइतबार जिल्ला अदालत चितनवमा अभियोग पत्र दायर गरेपनि बयान नसकिएका कारण पुनः प्रहरी हिरासतमै राखिएको छ ।
उनीहरुलाई पुनः हिरासतमै राखिएपछि लामिछानेका समर्थकहरु आक्रोशित बनेका थिए । आक्रोशित प्रदर्शनकारीले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
गत साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
प्रतिक्रिया