अपडेट : सिनामंगलमा ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, ५ घाइते « Khabarhub

अपडेट : सिनामंगलमा ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, ५ घाइते


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिनामंगलमा भएको दुर्घटनामा १ को मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका थिए। गम्भीर घाइते भएका १ को उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृतक र घाइतेको नाम खुलेको छैन । घाइतेमध्ये ४ जनाको सिनामंगलस्थित केएमसी र १ जनाको नयाँ बानेश्वरको शिभिल अस्पतालमा उपचार भइरहेको छ । केएमसीमा उपचाररत एकको अवस्था गम्भीर छ ।

बा ३ ख ४३१७ नम्बरको ट्रिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र बा ४३ प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको र अन्य दुई मोटरसाइकल पनि सोही ठाउँमा ठोक्किएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : ०७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको