अपडेट : सिनामंगलमा ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, ५ घाइते « Khabarhub

अपडेट : सिनामंगलमा ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, ५ घाइते


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिनामंगलमा भएको दुर्घटनामा १ को मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको ट्रिपरले ३ मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका थिए। गम्भीर घाइते भएका १ को उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृतक र घाइतेको नाम खुलेको छैन । घाइतेमध्ये ४ जनाको सिनामंगलस्थित केएमसी र १ जनाको नयाँ बानेश्वरको शिभिल अस्पतालमा उपचार भइरहेको छ । केएमसीमा उपचाररत एकको अवस्था गम्भीर छ ।

बा ३ ख ४३१७ नम्बरको ट्रिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र बा ४३ प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको र अन्य दुई मोटरसाइकल पनि सोही ठाउँमा ठोक्किएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : ०७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने