रवि समर्थकले आक्रमण गर्दा डीएसपीसहित ७ प्रहरी घाइते | Khabarhub Khabarhub

रवि समर्थकले आक्रमण गर्दा डीएसपीसहित ७ प्रहरी घाइते


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले प्रहरीमाथि आक्रमण गर्दा ७ प्रहरी घाइते भएका छन् ।

आइतवार वयान नसकिएपछि लामिछानेसहितका तीनजनालाई पुन: हिरासतमन नै पठाइएपछि आक्रोशित बनेका रविका समर्थकले डिउटीमा रहेको प्रहरीमाथि ढुंगाप्रहार गरेका थिए ।

रविको समर्थकको आक्रमणबाट डीएसपीसहित सात प्रहरी घाइते भएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

एसपी मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायाण कोइरालासहित ७ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारको लागि अस्पताल लगिएको छ । १० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।

रविका समर्थकले उनको रिहइको माग गर्दै गाडीसमेत तोडफोड गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : १२ बजे

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा