८५ प्रतिशत विषादी तरकारीमा, दाइजोले लियो ज्यान | Khabarhub Khabarhub

८५ प्रतिशत विषादी तरकारीमा, दाइजोले लियो ज्यान


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आयातित विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको पाइएको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालमा वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ । जसमध्ये प्रतिहेक्टर बालीनालीमा ३ सय ९६ ग्राम विषादी प्रयोग हुने गरेको छ । तरकारीमा मात्र प्रतिहेक्टर १ किलो ६ सय ५ ग्रामका दरले विषादी प्रयोग हुने गरेको छ । १२ प्रतिशत खाद्यसामग्रीमा प्रतिबन्धित विषादी प्रयोग गरेको पाइएको छ ।

दाइजोले लियो ज्यान शीर्षकको समाचारमा केटा पक्षले मागेको दाइजो परिवारले दिन सक्ने अवस्था नदेखेपछि पर्सामा एक किशोरीले आत्महत्या गरेकी छन् । १८ वर्षकी लालसा कुमारीले आत्महत्या गरेकी छन् । विवाहमा केटापक्षले मागेको दाइजो व्यवस्थापन गर्न सक्ने अवस्था नआएपछि उनले आत्महत्या गरेको हुनसक्ने छिमेकीले बताएका छन् ।

त्यस्तै ठूला दलमा किचलो नेकपामा लम्बेतान एकता, कांग्रेसको विधान बहुमतले पारितलगायतका समाचार मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : १३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको