बौलाह कुकुरले टोकेर दुहुना गाई मरे « Khabarhub

बौलाह कुकुरले टोकेर दुहुना गाई मरे


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् ।

वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाय मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईले जानकारी दिए । हाल रेविजविरुद्धको खोप वडा नं ३ सूर्यनगर र मङ्गलबारे क्षेत्रका पशु तथा मानिसलाई मर्नबाट बचाउनका लागि लगाइरहेको प्राविधिक भट्टराईले बताए । आइतबारमात्र पनि त्यस क्षेत्रमा मानिस र चौपायलाई गरी १४ वटा रेबिज विरुद्धको खोप लगाइएको छ ।

उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा पशुपति ढुङ्गानाले निःशुल्क खोप उपलब्ध गराएको बताए । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडकमा हिँड्ने कुकुरको बन्ध्याकरण गरी सङ्ख्या घटाए पनि घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप नलागाई पाल्ने हुँदा यस्तो समस्या आएको बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : ०२ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका