कारावाओ कप : म्यानचेस्टरले चुम्यो उपाधी « Khabarhub

कारावाओ कप : म्यानचेस्टरले चुम्यो उपाधी


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–चेलसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । चेल्सीलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले परजित गर्दै सिटीले उपाधि उचालेको हो ।

सिटीका लागि रहिम स्टर्लिङले विजयी गोल गरेका थिए ।

चेल्सी प्रशिक्षक माउरिजियो सार्रीले पेनाल्टी खेल सुटआउट गएपछि गोलकिपर केपा अरियाजाबालागालाई परिवर्तन गर्न खोजेका थिए । तर, उनले प्रशिक्षकको योजनालाई अस्वीकार गरे ।

प्रशिक्षक सरीले विलि काबालेरोलाई मैदान प्रवेशको अनुमति दिएपनि गोलकिपर अरियाजाबालागाले नछाडेपछि उनी नै पेनाल्टी मैदानमै रहेका थिए ।

७१ मिलियन पाउण्डका कीर्तिमानी स्पेनिस गोलकिपरलाई प्रशिक्षक सार्रीले विली काबालेरोसंग स्थानान्तर गर्न खोजेका थिए । जसले सन् २०१६ मा उपाधि जित्न उनले लिभरपुविरुद्व म्यानचेष्टर सिटीबाट तीन पेनाल्टी रोकेका थिए ।

चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ५८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर