सडक दुर्घटना भए तत्काल उपचार, मुख्य राजमार्गमा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ « Khabarhub

सडक दुर्घटना भए तत्काल उपचार, मुख्य राजमार्गमा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ ।

स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र डिमुवा पर्वत रहेका छन् । ती स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले यस चालु वर्षमा हरेक अस्पताललाई रु ५०–५० लाखका दरले रु एक करोड ५० लाख रकम विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिए ।

अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन् । सूचना अधिकृत शर्माका अनुसार सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी औषधि तथा आवश्यक उपकरणसमेत रहनेछ । ती एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा परी अकालमा मृत्यु हुनेमध्ये आधाभन्दा बढीको घटनास्थलबाट उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा नै मृत्यु हुने गर्दछ । नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ ।

स्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । “गण्डकी प्रदेशलाई सडक दुर्घटनाबाट मृत्युविहीन बनाउने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो”, सूचना अधिकृत शर्माले भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १० : ५९ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु