औषधीजन्य लागुऔषधसहित २ जना पक्राउ « Khabarhub

औषधीजन्य लागुऔषधसहित २ जना पक्राउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी- प्रहरीले सुनसरीको इटहरीबाट औषधीजन्य लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिकाका विक्रमकुमार राय र हेमन्त राय छन् । पक्राउ परेका उनीहरुसँग साथमा रहेको औषधीजन्य लागुऔषध लुपिजेसिक ५० एम्पुल, एभिल ५० एम्पुल र डाइजेल्याव ५० एम्पुल प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो २ बजे इटहरी उपमहानगरपालिका ४ श्री कृष्ण पेट्रोल पम्प नजिक स७प २७०० नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा लागुऔषध बरामद् भएको हो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ११ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको