विप्लवको आक्रमणपछि देशभरका एनसेल टावरमा प्रहरीको उच्च निगरानी « Khabarhub

विप्लवको आक्रमणपछि देशभरका एनसेल टावरमा प्रहरीको उच्च निगरानी


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलका टावरलाई लक्षित गरी आगजनी र बम विस्फोटक गराउन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

प्रहरीले अहिले देशभर रहेको एनसेलका टावरको तथ्याङ्क संकलन गरी सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।

‘जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रभित्र रहेका एनसेलका टावरको तथ्याङ्क संकलन गरी ती टावरमा निरन्तर निगरानी गरिरहेको छ,’ नेपाल प्रहरीका प्रवक्त प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले खबरहबसँग भने, ‘देशभर रहेका प्राय सबै टावरमा अहिले निगरानी बढाइरहेको छ ।’

प्रवक्ता सुवेदीका अनुसार एनसेल टावरको सुरक्षाका लागि प्रहरीको गस्ती र पेट्रोलिङ बढाइएको छ । केही ठाउँमा भने निरन्तर रुपमा प्रहरी टोलीले पहरा समेत दिइरहेको छ ।

शुक्रबार साँझ नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये एकजना सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भएको थियो । घाइतेहरु २ जनाको अहिले उपचार भइरहेको छ ।

नख्खुस्थित एनसेल कार्यायलमा गराइएको बम विस्फोट र एनसेलका टावरमा गरिएको आगजनीको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।

आइतवार खबरहबसँगको कुराकानीमा विप्लव नेतृत्वको नेकपाका एक नेताले आफूहरुकै योजनाअनुसार एनसेलको कार्यालयमा बम विस्फोट र टावरहरुमा आगजनी गराइएको बताएका थिए ।

‘७५ अर्ब रुपैयाँ कर छलेको र नेपालबाट गरेको आम्दानी विदेशमा लगानी गरेको कम्पनीविरुद्ध हामीहरुले देशव्यापी रुपमा नै विभिन्न कदम चाल्ने योजना बनाएका थियौं,’ नाम उल्लेख नगर्ने शर्तमा नेकपा नेताले आइतवार खबरहबसँग भनेका थिए, ‘तर, ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परी मानवीय क्षति हुन पुग्यो । यो दुःखद घटना भएको पार्टीले स्वीकार गरेको छ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १२ : १५ बजे

बालेन पब्लिक डिबेटमा नबस्ने, भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर