वैदेशिक रोजगार : ठगी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

वैदेशिक रोजगार : ठगी मुद्दाका फरार अभियुक्त पक्राउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले ठगी मुद्दामा फरार रहेका सिन्धुपाल्चोक शिखरपुरका भीमप्रसाद दाहाललाई पक्राउ गरेको हो ।

सिआइवीका प्रवक्ता उमा चदुर्वेदीका अनुसार, खोजी सूचीमा रहेका दाहाललाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । दाहालमाथि रोजगारीको लागि दक्षिण कोरिया पठाइदिने भन्दै हेमलाल गौतमबाट तीन लाख ५० हजार रुपैयाँ लिई फिर्ता नगरेको अभियोग लागेको थियो ।

उनलाई ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ पुस ३० गते एक लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । उनी विरुद्ध जरिवानासहितको बिगो पाँच लाख २५ हजार भराउने फैसला भएको थियो ।

अहिले दाहाललाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरी केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : २१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ