फागुन २५ मा ‘धरान रन’ हुने « Khabarhub

फागुन २५ मा ‘धरान रन’ हुने


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–विगत ७ वर्षदेखि नियमित हुँदै आएको ‘धरान रन’ यस वर्ष फागुन २५ गते हुने भएको छ । १० किलोमिटर लामो दूरीको दौड धरानको तीनकुनेस्थित श्रीजंगा शालिकबाट शुरु हुने आयोजकले जनाएको छ ।

नेवा च्यारिटी धरानको आयोजना तथा इन्टरटेनमेन्ट प्रालीको व्यवस्थापनमा हुने कार्यक्रम यो वर्ष ५ हजार सहभागी पुग्ने अपेक्षा गरिएको छ । उद्घाटनका क्रममा पहिलो कार्यक्रममा २५ जनामात्र सहभागी रहेको आयोजक सदस्य सन्तोष राईले बताए ।

कार्यक्रममा सहभागि हुन दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था आयोजकले गरेको छ । सहभागी शुल्क र प्रायोजकबाट प्राप्त रकम व्यवस्थापनको खर्च कटाएर सामाजिक कार्यमा परिचालन गरिने राईले बताए ।

धरान रन कार्यक्रमलाई आरती स्ट्रिप्स प्राली, प्रभु बैंक, यति फलोरिङ्ग, नेपाल टेलिकम लगायतले प्रायोजन गरेका छन्।

धरानमा हाल प्रत्येक साता सबै उमेर समुहका ३ देखि ४ सयको हाराहारीमा दौडमा सहभागी हुन्छन । धरान रनकै पहल र उत्प्रेरणाले झापाको दमकमा ‘दमक रन’, भोजपुरमा ‘भोजपुर रन’ र पोखरामा ‘बी १३ रन’ पनि शुरु भइसकेको छ ।

संस्थासंग आबद्ध १ सय भन्दा बढी स्वयंसेवकले धरानमा जनचेतनामुखी अभियान र सामाजिक सेवामा लागिरहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ३९ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई