अभिषेक रिजालको कप्तानीमा नागाल्यान्डविरुद्ध मैदान उत्रिँदै एन्फा टोली | Khabarhub Khabarhub

अभिषेक रिजालको कप्तानीमा नागाल्यान्डविरुद्ध मैदान उत्रिँदै एन्फा टोली


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी— डाक्टर टि आओ अन्तराट्रिय फुटबल च्याम्पियनसिपमा आज (सोमबार) एन्फा टोलीले समूह चरणको अन्तिम खेल नागाल्यान्डसँग खेल्दैछ । गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा हुने खेलमा एन्फा यु—२१ र नागाल्यान्ड सान्तवना जितको खोजीमा हुनेछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । आइतबारको महत्वपूर्ण खेलमा एन्फा टोली मिजोरामसँग ३—० गोल अन्तरले पराजित भएपछि आजको खेल प्रतिष्ठाको मात्रै हुनेछ ।

आजको खेलमा नयाँ अनुहारले प्लेइङ सेटमा स्थान पाएका छन् । टिमको कप्तानी अभिषेक रिजालले गर्नेछन् । यस्तै, गोलकिपर सुर्य अधिकारी, डिफेन्डरमा रन्दीप पौडेल र गौतमले स्थान बनाएउँदा मिडफिल्डमा अनिलले निरन्तरता पाउँदा शिशिर लेखी टिमको पहिलो रोजाइमा परेका हुन् ।

फरवार्डमा रेजिन सुब्बाले निरन्तरता पाउँदा राजिव लोपचनले उनलाई साथ दिनेछन् ।

नेपाली टोली
गोलकिपर : सुर्य अधिकारी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, गौतम श्रेष्ठ, रणदिप पौडेल
मिडफिल्डर : एरिक विष्ट, अभिषेक रिजाल (कप्तान), शिशिर लेखी, अनिल महर्जन,
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन

अन्य खेलाडी,
प्रेजन तामाङ, सोजित गुरुङ, नितिन थापा, धिरज श्रेष्ठ, अरुज सिंह, विष्णु कुमार केसी, विश्वास उदास, छिरिङ गुरुङ, मनिस थापा

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ४८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार