प्रहरीले नष्ट गर्‍यो १ लाख अफिमका बिरुवा « Khabarhub

प्रहरीले नष्ट गर्‍यो १ लाख अफिमका बिरुवा


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबेँसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ जना र इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईको नेतृत्वमा खटिएको ६ जनासहित २४ जनाको टोलीले अफिमखेती नष्ट गरेको जिप्रका सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र सर्वसाधारणको सहभागितामा छ बिघा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको प्रवक्ता क्षेत्रीले बताए ।

प्रहरीले लामिडाँडा गाउँमा ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महीना उत्कृष्ट लागुऔषध नियन्त्रण पुरस्कार जिप्रका सुर्खेतले दिँदै आएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : ०८ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट