सामूहिक परिश्रमको फल– बारीबाटै आलु बेच्छन् महिला « Khabarhub

सामूहिक परिश्रमको फल– बारीबाटै आलु बेच्छन् महिला


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– जिल्लाकाे रामपुर नगरपालिका–६ का महिलालाई यतिबेला खेतबाटै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु खन्ने र खेतबाटै बिक्री गर्ने काममा दिनभर यहाँका महिला व्यस्त छन् ।

नदी किनार आयआर्जन महिला कृषक समूहले यसवर्ष सात रोपनी क्षेत्रफलमा तीन क्वीन्टल आलु लगाएको छ । अहिले आलु खन्ने र बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको समूहका अध्यक्ष भगवती देवकोटाले बताइन् । “बिहान घरको काम सकेर छोराछोरीलाई विद्यालय पठाएपछि दिनभर खेतमै दिदीबहिनीसँग आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त रहन्छौ”, उनले भनिन् । अहिले खेतबाटै तीन क्वीन्टल आलु बिक्री भइसकेको छ । करीब तीस क्वीन्टल आलु उत्पादन हुने समूहका सचिव सीता देवकोटाले बताए ।

“आलुको उत्पादन सोचेभन्दा राम्रो भएको छ, आलु बिक्रीबाट लिएको आम्दानी समूहको कोषमा बचत गर्ने र आवश्यक परेका बेला चलाउछौँ” सचिव देवकोटाले भने ।

समूहमा खेती गर्दा निकै रमाइलो भएको सदस्य हुमा देवकोटाकाे भनाइ छ । उनले सात रोपनी जग्गा समूहलाई निःशुल्क तरकारी लगाउन उपलब्ध गराएकी छन् । समूहले खेतबाटै प्रतिकिलो २० रुपैयाँमा आलु बिक्री गर्दै आएको छ । रातो, कार्डिनल र जनकदेव जातको आलु खरीद गर्ने ग्राहकको दिनभर खेतमा चहलपहल छ ।

महिला समूहले लगाएको आलुको उत्पादन अवलोकन गर्नेको पनि निकै हुन्छन् । समूहमा २० जना महिला मिलेर सामूहिक आलुखेती गरेका छन् । समूहले अब लहरेबाली तरकारी लगाउने तयारी गरेको छ ।

आलु खेतीका लागि रामपुर नगरपालिका–६ ले बीउ खरीदमा रु २५ हजार रकम सहयोग गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । वडालाई कृषिमा अगाडि बढाउने प्रयत्नका साथ महिला समूहलाई व्यवसायमा हौसला बढाउन विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : २० बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण