अफगान द्वन्द्व अन्त्यको पहल, कतारमा तालिबान र अमेरिकाबीच वार्ता  « Khabarhub

अफगान द्वन्द्व अन्त्यको पहल, कतारमा तालिबान र अमेरिकाबीच वार्ता 


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि तथा अफगानिस्तानमा सक्रिय लडाकु समुह तालिबानको राजनीतिक समूहका प्रतिनिधिबीच कतारको राजधानी दोहामा अर्को चरणको शान्ति वार्ता शुरु भएको छ ।

शान्ति वार्ताका लागि अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानका सहसंस्थापक कतारको राजधानी दोहा पुगेका हुन् । विगत १७ वर्षदेखि अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्माए खालिदजाद र तालिबानका राजनीतिक समूहबीच जारी वार्तामा सहभागी हुन तालिबानका सहसंस्थापक मध्येका एकजना मुल्लाह अब्दुल घानी बरदार कतारको राजधानी दोहा पुगेका हुन् । मुल्लाह बरदार एक वर्षअघि पाकिस्तानको जेलमा बन्दी थिए ।

शान्ति वार्ताका क्रममा विगत १७ वर्षयता जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि भएका वार्तामा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा हिंसा अन्त्यका विषयमा निकै महत्वपूर्ण उपलब्धि हाँसिल भएको समाचार सार्वजनिक भएको थियो ।
शान्ति वार्ताका क्रममा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजाने तथा तालिबानले मुलुकमा अन्य आतंकवादी समूहलाई गतिविधि गर्न नदिने खाकामा सम्झौता हुनसक्ने बताइएको छ ।

तालिबान र अमेरिकाबीचको अफगानिस्तानमा हिंसा अन्त्यका लागि ठूलो चुनौती अझै बाँकी नै रहेपनि यो शान्ति वार्ता अफगानिस्तानमा जारी द्वन्द्व अन्त्य गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी तथा तालिबानका प्रतिनिधिले जनाएका छन् ।

यता अफगान सरकारलाई यो शान्ति वार्ता प्रकृयामा सहभागी नगराइएपछि अफगान राष्ट्रपति अशरफ घानी भने असन्तुष्ट रहेको बताइएको छ । तालिबानले भने अफगान सरकार अमेरिकाको कठपुतली भएकाले कठपुतलीसँग वार्ता हुनै नसक्ने अडान लिँदै आएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : ३३ बजे

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब

अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते

बारा – बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर

होर्मुज जलमार्गमा तनाव चर्कियो, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

एजेन्सी – ओमानले आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक