संस्कृतिविद् जोशीलाई महेन्द्रनारायण निधि पुरस्कार « Khabarhub

संस्कृतिविद् जोशीलाई महेन्द्रनारायण निधि पुरस्कार


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशी महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । महेन्द्रनारायण निधिको ९७ औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानद्वारा आयोजना गरिएको क्रार्यक्रममा नगद ५५ हजार ५०० रुपैयाँसहित संस्कृतिविद् जोशी सम्मान गरिएको हो ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् जोशीलाई नगद पुरस्कार प्रदान गरेकी हुन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले नाट्य विधाको उत्थानलाई योजनावद्ध ढंगले अघि बढाउन नाटकका लेखक तथा नाट्यकर्मीहरुलाई अझै उत्साहका साथ अघि बढन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा नाटकको भविष्य राम्रो रहेको उल्लेख गर्दै त्यसको उत्थानमा भने जनस्तरबाटै प्रयास हुनुपर्ने जरुरी रहेको तर्क गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलगायत नेपालको नाट्य विधामा योगदान पुर्याएकाहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको