‘अब लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनैपर्छ’ « Khabarhub

‘अब लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनैपर्छ’


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकताको अभाव खड्किएको बताएका छन् । उनीहरुले आन्तरिक तथा बाह्य राजनीतिक दल तथा शक्तिसंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

काँग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवाबीच रसुवाको कालिकास्थानमा आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्दै काँग्रेसका शीर्ष नेताहरुले आफूहरुबीच मनमुटाव र गुट–उपगुट रहँदा इतिहासमै पार्टीको अवस्था कमजोर भएको हुँदा एकताको लागि अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य अत्यावश्यक भइसकेको तर्क गरे ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद स–साना पक्षमा रहेको स्वीकार्दै अन्य लोकतन्त्रवादी शक्तिहरुसंग समेत एकता गर्नुपर्ने अवस्था आइसकेको तर्क गरे । आन्तरिक तथा अन्य पार्टीसँग रहेको अन्तर संघर्ष समाधानका लागि आफू लचक रहत तयार रहेको सभापति देउवाले स्पष्ट पारे ।

कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक प्रणालीमा असफल भइसकेको कम्युनिष्ट पार्टीले जनताको हित नगर्ने आरोप लगाउदै लोकतन्त्रको पक्षमा साथ दिन जनतालाई आह्वान गरे ।  उनले सशस्त्र संघर्षमा रहेको शक्तिलाई विधिको शासन कार्यान्वयन गराउन संसदीय प्रक्रियामा ल्याए पनि पहिलेको बानी अगाल्न नबिर्सेकाले त्यस्तो भ्रमको खेती गर्ने दलहरु अब आफै पराजित हुने टिप्पणी गरे ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा.शशांक कोइराला, सह–महामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता गगन थापा, रसुवाका नेता मोहन आचार्य लगायतले वर्तमान सरकारले जनतालाई विकास, न्याय र सेवा दिन चुकेको आरोप लगाए ।

रसुवामा रहेका दुई पार्टीबीच एकता भएको सन्देश दिदै काँग्रेस रसुवा सभापति पेम्बा छिरिङ तामाङ र नयाँ शक्ति रसुवा संयोजक फुर्पु वाङ्दी तामाङले एकआपसमा पार्टीको झण्डा हस्तान्तरण गरी ‘दुई पार्टी, अब एउटै पार्टी नेपाली काँग्रेस’ भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ०८ बजे

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा