मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट « Khabarhub

मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले निर्घात कुटपिट गरेका छन् ।

मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो ।

कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई कुटपिट गरेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए ।

बिरामी भइ कोठामा सुतेका थापालाई ड्युटीमा नगएको आरोपमा कुटपिट गरिएको उनका काकाले बताए । मा’दक पदार्थ सेवनको आरोपमा उनीमाथि कुटपिट गरिएको उनले बताए । कुटपिटबाट उनको शरीमा निल डाम बसेका छन् ।

कुटपिटको घटना बाहिर जान नदिन कम्पनीमा कार्यरत नेपालीहरुलाई कोठामा बन्धक बनाइएको उनले बताए । उनले भने, ‘हामीलाई बन्धक बनाएर राखिएको छ । साथमा रहेको मोबाइल पनि कब्जामा लिइएको छ ।’

पीडितका काका थापाले कम्पनीमा कार्यरत कर्मचारीको सहयोगमा जंगलबाट लुकेर नेपालस्थित आफन्त कृष्ण मगरलाई घटनाबारे जानकारी दिएका थिए । मगरले खबरहबलाई घटनाबारे जानकारी दिएका हुन् ।

घटनाबारे जानकारी मलेसियास्थित दूतावाससम्म पुग्न सकेको छैन । पीडितहरुले नेपाल सरकारसँग उद्दारका लागि सहयोगको माग गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ६ : ३१ बजे

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ