अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया शुरु « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया शुरु


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया शुरु गरिएको घोषणा गरेकी छन्।

डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ‘विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको’ आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ।

ट्वीटमा राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको सङ्ज्ञा दिएका छन्।

पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताएकी छन् । राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो।

सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले ‘उनको संवैधानिक जिम्मेवारी’ अवज्ञा गरेको बताइन्।

पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ।

घोषणामा उनले छवटा अन्य समितिले ट्रम्पविरुद्ध अरू विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धान अन्तर्गत जारी रहने उल्लेख गरेकी छन्।

महाभियोगको पक्षमा विपक्षी डेमोक्र्याटहरूको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुई तिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको पकड रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कमजोर देखिन्छ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : १८ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि