रक्सीको कुलत छुटाउन ज्वानोको झोल ! « Khabarhub

रक्सीको कुलत छुटाउन ज्वानोको झोल !


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्वानो भान्सामा प्रयोग हुन्छ । यससँग सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

महिला सुत्केरी हुँदा अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पोसिलो मानिन्छ । शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ ।

ज्वानो खानुका के के फाइदा छन् ?

दमबाट बच्न

दम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ । ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ ।

पत्थरीबाट राहत

ज्वानो, मह र चुकको मिश्रण १० दिनसम्म प्रयोग गर्ने हो भने मृगौलाको पत्थरीबाट बच्न सकिन्छ ।

पेट दुखाईबाट बच्न

मनतातो पानीमा ज्वानो र थोरै नुन हालेर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । अपचको समस्या निराकरण गर्दै पेट दुखाईबाट लाभ प्राप्त गर्न सकिन्छ । ज्वानो त्यत्तिकै पनि खान सकिन्छ ।

तौल घटाउन

ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ । जसले नियमित दिशापिसाबमा सन्तुलन ल्याई तौल घटाउन मद्दत गर्दछ ।

रक्सी छुटाउन

रक्सी अम्मलीका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ। ज्वानोमा पनि रक्सीमै हुने तत्व हुने भएकाले राति सुत्नेबेलामा दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानी सेवन गर्नाले रक्सीको तलतल मेटिन सक्छ ।

हैजाको किटाणु मार्न

हैजाको किटाणुमार्न ज्वानोले सहायक भूमिका खेल्दछ । त्यसैकारण हैजा लागेमा ज्वानो सेवन गर्न सकिन्छ ।

रुघाखोकीबाट बच्न

जाडोमा रुघाखोकी लाग्नु सामान्य हो । यस्तो अवस्थामा भुटेको ज्वानो खाने हो भने रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीमा ज्वानो चपाएर समेत खान सकिन्छ ।

ग्यास्ट्रिकबाट बच्न

पेटमा भएको विकारयुक्त ग्यासबाट मुक्ति पाउन ज्वानो सेवन गर्न सकिन्छ । यसले पेटको ग्यास र विकारबाट तुरुन्त राहत दिन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ३५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका