रक्सीको कुलत छुटाउन ज्वानोको झोल ! « Khabarhub

रक्सीको कुलत छुटाउन ज्वानोको झोल !


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्वानो भान्सामा प्रयोग हुन्छ । यससँग सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

महिला सुत्केरी हुँदा अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पोसिलो मानिन्छ । शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ ।

ज्वानो खानुका के के फाइदा छन् ?

दमबाट बच्न

दम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ । ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ ।

पत्थरीबाट राहत

ज्वानो, मह र चुकको मिश्रण १० दिनसम्म प्रयोग गर्ने हो भने मृगौलाको पत्थरीबाट बच्न सकिन्छ ।

पेट दुखाईबाट बच्न

मनतातो पानीमा ज्वानो र थोरै नुन हालेर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । अपचको समस्या निराकरण गर्दै पेट दुखाईबाट लाभ प्राप्त गर्न सकिन्छ । ज्वानो त्यत्तिकै पनि खान सकिन्छ ।

तौल घटाउन

ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ । जसले नियमित दिशापिसाबमा सन्तुलन ल्याई तौल घटाउन मद्दत गर्दछ ।

रक्सी छुटाउन

रक्सी अम्मलीका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ। ज्वानोमा पनि रक्सीमै हुने तत्व हुने भएकाले राति सुत्नेबेलामा दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानी सेवन गर्नाले रक्सीको तलतल मेटिन सक्छ ।

हैजाको किटाणु मार्न

हैजाको किटाणुमार्न ज्वानोले सहायक भूमिका खेल्दछ । त्यसैकारण हैजा लागेमा ज्वानो सेवन गर्न सकिन्छ ।

रुघाखोकीबाट बच्न

जाडोमा रुघाखोकी लाग्नु सामान्य हो । यस्तो अवस्थामा भुटेको ज्वानो खाने हो भने रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीमा ज्वानो चपाएर समेत खान सकिन्छ ।

ग्यास्ट्रिकबाट बच्न

पेटमा भएको विकारयुक्त ग्यासबाट मुक्ति पाउन ज्वानो सेवन गर्न सकिन्छ । यसले पेटको ग्यास र विकारबाट तुरुन्त राहत दिन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ३५ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको