विपन्न परिवारलाई बेमौसमी तरकारी खेती « Khabarhub

विपन्न परिवारलाई बेमौसमी तरकारी खेती


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नं ३ मा साढे दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवद्र्धन गरेको छ ।

दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करीब २१ लाखको खर्चमा टनेलमार्फत खेती प्रवद्र्धनमा जोड दिँदै आएको वडाध्यक्ष नवीन बरालले बताए ।

आफ्नो नाममा एक धुर पनि जमीन नभएकी पवित्रादेवी चम्लागाईंले नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेती गर्दा अहिले मनग्य आम्दानी गर्न थालेको बताए । उनी जस्तै १७ घरपरिवारलाई नगरपालिकाले गरीबी न्यूनीकरणका लागि कृषि उपार्जन सहयोग गरेको छ ।

अर्ग्यानिक बेमौसमी तरकारी बालीमा सहयोग गरेकाले उत्पादित तरकारीले राम्रो बजार र आम्दानी लिने गरेको कृषि समूहका अध्यक्ष भगिरथ अधिकारीले बताए ।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई टनेल तथा सोलार सिँचाइ राखेर आफ्नो मेहेनत आफ्नै कमाइ हुने अवस्था सिर्जना गरेकाले त्यस वडास्थित साधुथान बस्तीका विपन्न समुदाय कृषिमा आत्मनिर्भर बन्न थालेका र त्यसले समुदायको आर्थिक सशक्तीकरणमा सघाउ पुग्दै आएको वडाध्यक्ष बरालले भनाइ छ ।

उनका अनुसार समूहले अग्र्यानिक तरकारी उत्पादन थालेको र ती उपभोग्य उत्पादित वस्तु दमकका बजारमै खपतसमेत हुन थालेका छन् । नगरलाई अग्र्यानिक कृषि उत्पादनमा प्रोत्साहन गर्न पनि यस्ता कृषि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : ३४ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा