जङ्गली जनावर धपाउन खेतमै डेरा « Khabarhub

जङ्गली जनावर धपाउन खेतमै डेरा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।

‘जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ’, स्थानीय आशाराम चौधरीले भने, ‘जनावर भगाउनमै अनिदोमै रात बित्ने गरेको छ।’ आँखा लाग्नेबित्तिकै जनावर खेतमा छिरेर एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले सुत्न नपाएको उनले बताए ।

‘पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको छ’, अर्का किसान नारायणसिंह महराले भने, ‘थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले खेतमै रातभर बस्नुपरेको छ ।’

जङ्गली जनावरकै कारण यस क्षेत्रका किसानले वर्षेनी खेतमा लगाएको पूरै बाली भित्र्याउन पाएका छैनन् । वर्षात्का बेला चित्तल र बदेलले धानबाली खाएर हैरान पार्ने गरेका छन् भने हिउँदमा नीलगाईलगायतका जनावरले गहुँबाली खाएर किसानलाई मर्कामा पार्ने गरेका छन् ।

‘जनावरका कारण रातभर सुत्न त पाउँदैनौँ’, स्थानीय रामबहादुर ऐरले भने, ‘खेतमै डेरा हालेर दुई सातादेखि बस्दै आए पनि पूरै धानबाली जोगाउन पाएका छैँनौँ ।’

बस्तीको माथिल्लो र तल्लो भेगमा जङ्गली जनावर रोक्नका लागि ‘फेन्सिङ’ गरिएको भए पनि यस क्षेत्रको दुई किलोमिटरको क्षेत्रमा जङ्गली जनावर रोकथामका लागि कुनै उपाय गरिएको छैन । निकुञ्जको विस्तारित क्षेत्रबाट यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई दुई दशकअघि पुनः स्थापन गरिएको थियो ।

हात्तीले उखु र धानबाली नोक्सान

शुक्लाफाँटा नगरपालिका–१२ का ३० परिवारले लगाएको उखु र धानबालीमा जङ्गली हात्तीको बथानले नोक्सानी पुर्‍याएको छ । लगातार चार दिनदेखि हात्तीको बथान खेतमा छिरेर बालीमा नोक्सानी पुर्‍याउँदै आएको छ ।

साँझ नपर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथान भगाउनका लागि स्थानीय बासिन्दा रातिका बेला पालैपालो जाग्रामसमेत बस्दै आएका छन् ।

केही दिनअघि मात्रै हात्तीको आक्रमणबाट चन्द्रबहादुर चौधरीको गोठमा बाँधेको गोरुसमेत मरेको स्थानीय मङ्गल चौधरीले बताए । पटाका पडकाएर, साइरन बजाएर र थाली बजाएर हात्ती भगाउने गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : ५७ बजे

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने