नेपाल समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले दिए राजीनामा « Khabarhub

नेपाल समूहचरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले दिए राजीनामा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

अघिल्ला दुई संस्करणको विजेता नेपाल काठमाडौंमा जारी साफ यू–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै प्रशिक्षक श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठले राजीनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुष्टि गरेको छ । उनी २०७५ सालमा एन्फा एकेडेमीको यू–१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

अघिल्ला दुई संस्करणको विजेता नेपाल घरेलु मैदानमा भएको प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ०५ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने