दशैँ मनाउन घर फर्किनेको लर्को | Khabarhub Khabarhub

दशैँ मनाउन घर फर्किनेको लर्को


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् ।

दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किनुभएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैँमा भने सधैँ घर फर्किने गरेको उनले बताए ।

वलीका अनुसार, भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोटको बारेकोटका मात्रै १५ घरपरिवार दशैँ मनाउन घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

जमुनाह नाकामा भेटिनुभएका सल्यान बनगार कुपिण्डे नगरपालिकाका गणेश विकले घरपरिवारलाई लत्ताकपडा र दशैँ खर्च लिएर भारतबाट घर फर्किएको बताए । धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ ।

उक्त नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको सङ्ख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले बताए ।

उनका अनुसार, अहिले दैनिक दुई/तीन सय नेपाली जमुनाह नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराइएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ३५ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका