विद्यार्थीको भर्ना नलिने भन्दै निजी मेडिकल कलेजले सरकारलाई साँचो बुझाए « Khabarhub

विद्यार्थीको भर्ना नलिने भन्दै निजी मेडिकल कलेजले सरकारलाई साँचो बुझाए


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बढी शुल्न नलिन भनेपछि निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन् ।

सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ता नगरेर कारबाही गर्ने चेतनावी दिएको सरकारलाई निजी मेडिकल सञ्चालकहरुले विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै कलेजको साँचो बुझाएका छन् ।

निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज आफ नेपालले चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिकल कलेजको साँचो बुझाउँदै विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् ।

उनीहरुले सरकारबाट निजी मेडिकल कलेजहरु बन्दै हुने अवस्थामा पुर्‍याउनेगरी सरकारले एक पछि अर्को निर्णयहरु भइरहेको भन्दै असन्तुष्टि जनाए ।

निजी मेडिकल सञ्चालकहरुले ५ बुँदे माग राख्दै आफूहरुको माग पुरा नभए आगामी शैक्षिक सत्र २०७६/७७ को एमबीबीएस तथा बीडिएसका विद्यार्थीहरुको नायँ भर्ना नै नलिने चेतावनी दिएका हुन् ।

उनीहरुले मेडिकल कलेजहरुको पूर्वाधार अनुसार एमबीबीएसमा १ सय ५० र बीडिएसमा ७५ सिटसंख्या हुनुपर्ने, विदेशी विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलको प्रक्रियाअनुसार भर्नामा सरकारले सहजीकरण गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन अनुसार शिक्षण संस्थाको शुल्कका समयोजन गरी निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

विगतमा भएका शुल्क सम्बन्धि विवादको छानवीन समितिले बनाएको प्रतिवेदन कार्यन्वयन हुनुपर्ने भन्दै उनीहरुले कलेजको साँचो सरकारलाई बुझाएका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ५२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना