शर्लिन चोपडाको सनसनीपूर्ण खुलासा, रामगोपाल बर्माले पठाएका थिए अश्लील भिडियो « Khabarhub

शर्लिन चोपडाको सनसनीपूर्ण खुलासा, रामगोपाल बर्माले पठाएका थिए अश्लील भिडियो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार तथा मोडल शर्लिन चोपडा आफ्नो हट अवतारका कारण चर्चामा रहने गर्छिन् । पछिल्लो समय भने उनी अर्को कारण पनि चर्चामा छिन् । एक अन्तर्वार्ताका क्रममा शर्लिनले निर्देशक तथा निर्माता रामगोपाल बर्मासँग जोडिएको एक अपत्यारिलो खुलासा गरेकी छिन् ।

शर्लिनले रामगोपालले आफूलाई एडल्ट फिल्मको प्रपोज गर्दै अश्लील भिडियो पठाएको खुलाइन् । उनको यो बयानले बलिउडमा तहल्का मच्चाएको छ ।

‘यो २०१६ को कुरा हो, मैले रामगोपाल वर्माको ह्वाटसएपमा एउटा म्यासेज गरेकी थिएँ, मैले आफ्नो तस्वीर पनि पठाएकी थिएँ र सर के म तपाईंको आगामी फिल्ममा काम गर्न सक्छु,’ शर्लिनले भनिन्, ‘उनले एक स्किृप्ट पठाए र पढेर प्रतिक्रिया दिन भने ।’

शर्लिनले उक्त स्किृप्ट पढेपछि फिल्ममा सबै सेक्स सिन भएको र कहानी नभएको प्रतिक्रिया दिएको बताइन् । ‘उनले अहिले यही भएको र सहमत भए बनाउन भने,’ उनले भनिन् ।

शर्लिनले अगाडि थपिन्, ‘सर यस्तो पनि कहाँ हुन्छ, एउटा राजा र रानी हुन्छ, यी दुवैका बीच सम्भोग हुन्छ, कहानी सकिन्छ, यस्तो कसरी हुन्छ भन्दै मैले सोधेँ ।’

लगत्तै सेक्समा आफूले पीएजीडी नगरेको र आफू एक्सपर्ट नभएको भन्दै इन्कार गरेको समेत शर्लिनले बताइन् ।

शर्लिनले रामगोपाल वर्माले आफूलाई अश्लील भिडियो पठाएर मान्छे या जनावर सबैले यसो गर्ने र प्राकृतिक रुपमा सबैले आनन्द लिने भन्दै टिप्पणी गरेको प्रतिक्रिया दिएको पनि बताइन् । त्यसपछि आफूले ती फिल्ममेकरसँग दूरी बढाएको शर्लिनले बताइन् ।

शर्लिनको आरोपमा रामगोपाल बर्माको भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ५९ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय