आईएएएफको अध्यक्षमा दोहोरिए कोए « Khabarhub

आईएएएफको अध्यक्षमा दोहोरिए कोए


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लर्ड कोए दोस्रो कार्यकालका लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) को अध्यक्षमा चयन भएका छन् ।

बेलायती पूर्व ओलम्पियन खेलाडी कोए २०१५ मा पहिलो पटक आईएएएफको अध्यक्षमा निर्वाचित भएका थिए भने बुधबार उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । कोएले ओलम्पिक खेलमा बेलायतलाई १५ सय मिटरको दौडमा स्वर्ण पदक दिलाएका थिए ।

सेप्टेम्बर २७ मा कतारको दोहामा विश्व एथलेटिक्स च्याम्पियनसिप शुरु हुँदैछ । प्रतियोगिता अगाडि कोए दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

कोएको नयाँ कार्यसमितिमा कोलम्बियाकी जिमेना रेष्टेरिपो आईएएएफमा चयन हुने पहिलो महिला उपाध्यक्ष बनेकी छन् । रेष्टेरिपोले सन् १९९२ को ओलम्पिकमा कोलम्बियाका लागि ४ सय मिटर एथलेटिक्समा पदक दिलाएकी थिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ३ : ५८ बजे

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस