तेलुगु फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन « Khabarhub

तेलुगु फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – तेलुगु फिल्म उद्योगका लोकप्रिय हास्यकलाकार वेणु माधवको निधन भएको छ । उनको उपचारका क्रममा भारतको एक निजी अस्पतालमा ३९ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी लामो समयदेखि बिरामी थिए । अस्पताल भर्ना भएका माधवको बुधबार मध्यान्ह १२ः२० बजे निधन भएको हो ।

मिर्गौला र कलेजोमा समस्या देखिएपछि माधवलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था नाजुक थियो ।

माधव बिरामी भएपछि फिल्म क्षेत्रबाट टाढा थिए । उनले तमिल र तेलुगु फिल्ममा अभिनय गरेका छन् । वेणुले मिमिक्री कलाकारका रुपमा आफ्नो करिअर शुरु गरेका थिए । पछि उनले फिल्म क्षेत्रमा कदम राखेका थिए ।

झण्डै २ सय फिल्ममा अभिनय गरेका माधवले पछिल्लो वर्ष राजनीतिमा पनि रुचि देखाएका थिए । उनी तेलुगु देशम पार्टीको चुनाव प्रचारमा पनि जुटेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ०७ बजे

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा