कर्मचारीकै मिलेमतोमा वनको ९२ रोपनी जग्गा व्यक्तिको नाममा « Khabarhub

कर्मचारीकै मिलेमतोमा वनको ९२ रोपनी जग्गा व्यक्तिको नाममा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मा रहेको सार्वजनिक वनको जग्गा कीर्ते गरी हाउजिङ र व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।

कानून व्यवसायी र मालपोत कार्यालयका अधिकृतकै मिलेमतोमा जग्गा कीर्ते गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।

यहाँको ९२ रोपनी सरकारी जग्गा कीर्ते सम्बन्धमा सिआइबीले गरेको अनुसन्धानमा यस्तो रहस्य खुलेको हो । सिआइबीले उक्त अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रादेशानुसार अनुसन्धान गरेको सिआइबीले उक्त जग्गा सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरी व्यक्तिलाईसमेत बिक्री गरेको पाइएको छ । उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दासमेत चलाएको छ ।

मालपोत कार्यालय कलङ्कीका तत्कालीन अधिकृत शिवप्रसाद रिमाल, कानून व्यवसायी रामबहादुर शाहसमेत छ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट कीर्ते लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दामा म्याद थप गरी सिआइबीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा कित्ता नं १०१ को उक्त ९२ रोपनी जग्गा अभियुक्त रामबहादुर शाहको योजनामा मिनाकुमारी थापाको नाममा नक्कली जग्गा धनी प्रमाण पूर्जा बनाई रामकुमार सुयल थापा सञ्चालक भएको सुयल हाउजिङ कम्पनीको नाममा बिक्रीको करार गरी कागजात तयार पारेको अनुसन्धानमा खुलेको छ ।

प्रतिवादी रामकुमार सुयल थापाले करारबमोजिम पास नगरेको भनी ललितपुर जिल्ला अदालतमा मिनाकुमारी थापाविरुद्ध फिरादपत्र दर्ता गरी उक्त जग्गा सुयल हाउजिङलाई दर्ता गराए हुन्छ भनी एक अर्काबीचमा मिलापत्र गरे हुन्छ भनी कागज बनाएर सुनियोजितरुपमा हाउजिङको नाममा स्रेस्ता कायम गराएका प्रहरीले जनाएको छ ।

उक्त जग्गा कित्ताकाट गरी दुई रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ । प्रतिवादी रामबहादुर शाहको ७५ प्रतिशत शेयर भएको सम्झौता भएको कागजात फेला परेको र उक्त जग्गाको हाल रु पाँच करोड ८९ लाख ६० हजार बिगो कायम भएको सिआइबीले जनाएको छ ।

कीर्ते मुद्दामा शाह र रिमालसहित धादिङ मूलपानी घर भई काठमाडौँ बस्ने मिनाकुमारी थापा, धादिङको गङ्गाजमुना गाउँपालिका घर भई तारकेश्वर नगरपालिका बस्ने रामकुमार सुयाल थापा, गोरखा घर भई काठाडौँको कुलेश्वर बस्ने कानून व्यवसायी बाबुराम शर्मा रेग्मी र ओखलढुङ्गा घर भई काठमाडौँ बूढानीलकण्ठ बस्ने कानून व्यवसायी योगेन्द्र पोखरेललाई पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ३१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको