कर्मचारीकै मिलेमतोमा वनको ९२ रोपनी जग्गा व्यक्तिको नाममा « Khabarhub

कर्मचारीकै मिलेमतोमा वनको ९२ रोपनी जग्गा व्यक्तिको नाममा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मा रहेको सार्वजनिक वनको जग्गा कीर्ते गरी हाउजिङ र व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।

कानून व्यवसायी र मालपोत कार्यालयका अधिकृतकै मिलेमतोमा जग्गा कीर्ते गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।

यहाँको ९२ रोपनी सरकारी जग्गा कीर्ते सम्बन्धमा सिआइबीले गरेको अनुसन्धानमा यस्तो रहस्य खुलेको हो । सिआइबीले उक्त अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रादेशानुसार अनुसन्धान गरेको सिआइबीले उक्त जग्गा सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरी व्यक्तिलाईसमेत बिक्री गरेको पाइएको छ । उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दासमेत चलाएको छ ।

मालपोत कार्यालय कलङ्कीका तत्कालीन अधिकृत शिवप्रसाद रिमाल, कानून व्यवसायी रामबहादुर शाहसमेत छ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट कीर्ते लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दामा म्याद थप गरी सिआइबीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा कित्ता नं १०१ को उक्त ९२ रोपनी जग्गा अभियुक्त रामबहादुर शाहको योजनामा मिनाकुमारी थापाको नाममा नक्कली जग्गा धनी प्रमाण पूर्जा बनाई रामकुमार सुयल थापा सञ्चालक भएको सुयल हाउजिङ कम्पनीको नाममा बिक्रीको करार गरी कागजात तयार पारेको अनुसन्धानमा खुलेको छ ।

प्रतिवादी रामकुमार सुयल थापाले करारबमोजिम पास नगरेको भनी ललितपुर जिल्ला अदालतमा मिनाकुमारी थापाविरुद्ध फिरादपत्र दर्ता गरी उक्त जग्गा सुयल हाउजिङलाई दर्ता गराए हुन्छ भनी एक अर्काबीचमा मिलापत्र गरे हुन्छ भनी कागज बनाएर सुनियोजितरुपमा हाउजिङको नाममा स्रेस्ता कायम गराएका प्रहरीले जनाएको छ ।

उक्त जग्गा कित्ताकाट गरी दुई रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ । प्रतिवादी रामबहादुर शाहको ७५ प्रतिशत शेयर भएको सम्झौता भएको कागजात फेला परेको र उक्त जग्गाको हाल रु पाँच करोड ८९ लाख ६० हजार बिगो कायम भएको सिआइबीले जनाएको छ ।

कीर्ते मुद्दामा शाह र रिमालसहित धादिङ मूलपानी घर भई काठमाडौँ बस्ने मिनाकुमारी थापा, धादिङको गङ्गाजमुना गाउँपालिका घर भई तारकेश्वर नगरपालिका बस्ने रामकुमार सुयाल थापा, गोरखा घर भई काठाडौँको कुलेश्वर बस्ने कानून व्यवसायी बाबुराम शर्मा रेग्मी र ओखलढुङ्गा घर भई काठमाडौँ बूढानीलकण्ठ बस्ने कानून व्यवसायी योगेन्द्र पोखरेललाई पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ३१ बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर