बजार अनुगमन टोलीद्वारा म्याद नाघेका खाद्य सामग्री जफत | Khabarhub Khabarhub

बजार अनुगमन टोलीद्वारा म्याद नाघेका खाद्य सामग्री जफत


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- जिल्ला अनुगमन समितिले सदरमुकाम धादिङबेंसी बजार क्षेत्रमा अनुगमन गरी अखाद्य वस्तु र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ ।

अनुगमन टोलीले उपभोग्य सामग्रीका पसल, होटल, किराना पसल, मिठाइ पसल गरी १० वटा पसलमा अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा पसलका लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्य वस्तु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, विभिन्न प्रकारका पेयपदार्थ, रङ प्रयोग गरी बनाइएको जेरी मिठाइका परिकारलगायतका सामग्री भेटिएको समितिका संयोजक अर्जुनप्रसाद शर्माले बताए ।

उनले जफत सामग्री नष्ट गरिएको बताए । चाडबाडको समयमा मात्र अनुगमन गर्ने गरिएकामा अब नियमित अनुगमन गरिने र होटललाई मापदण्डका आधारमा स्टिकरसमेत वितरण गरिने योजना रहेको शर्माको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : १२ बजे

काश्मीर तनावको असर मैदानमा : धेरै विदेशी खेलाडीको अनुपस्थितिमा आजदेखि आईपीएल

काश्मीरको सीमामा उत्पन्न तनावका कारण यस सिजनको आईपीएल धेरै प्रभावित

स्थगित आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, बैङ्गलोर र कोलकाता भिड्ने

काडमाडौं– भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर

प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर

काठमाडौं – सन् २००० को दशकको व्यस्त बलिउड नायिका प्रिति