भाडा बढाएको विरोधमा शुरु भएको चिलीको आन्दोलन हिंसात्मक, संयुक्त राष्ट्रसंघको टोली पठाइँदै « Khabarhub

भाडा बढाएको विरोधमा शुरु भएको चिलीको आन्दोलन हिंसात्मक, संयुक्त राष्ट्रसंघको टोली पठाइँदै


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने भएको छ ।

१८ मानिसहरूको ज्यान गएको दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएका छन् । राजधानी स्यान्टीयागोसहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मुल्यवृद्धिविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् ।

संयुक्त राष्ट्रसंघकी मानव अधिकार प्रमुख तथा चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासलेटले उक्त टोलीले मानवअधिकार हननसम्बन्धी आरोपहरूको परीक्षण गर्ने बताइन् ।

हिंसात्मक प्रदर्शनहरू चर्किएपछि लगाउन सुरु गरेको रात्रिकालीन सैन्य कर्फ्यु आज छैठौं रातमा प्रवेश गरेको छ।

राजधानी स्यान्टियागोमा दशौं हजार मानिसहरू सहभागी भएको बिहीवारको प्रदर्शन भने शान्तिपूर्ण रहेको बीबीसीले जनाएको छ ।

तर सात सय भन्दा बढी मानिसहरूमाथि भने आगजनी, लुटपाटलगायतका अभियोग लगाइएको छ । सुरक्षा फौजले गरेका भनिएका हिंसाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

मेट्रोरेलमा बढाइएको भाडा दरबाट उठेको आक्रोश अहिले सामाजिक र आर्थिक असमानताका मुद्दा समेत उठाएर आमहड्तालमा परिणत भएको छ । राष्ट्रपति सेबास्टियन पिनेराले आक्रोश शान्त पार्न सामाजिक सुधारहरू गर्ने घोषणा गरे तर त्यो पर्याप्त नभएको र्‍यालीका सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : १० बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर